एसिसी महिला एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ, रोहित, सन्दीप र पारसले दिए बधाई

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले एसिसी महिला एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ ।

एसियाली क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा महिला एसिया कप जुलाई १९ देखि २८ सम्म श्रीलंकामा हुँदैछ । सोही प्रतियोगितामा सहभागी जनाउने नेपाली महिला क्रिकेट टोलीलाई बिदाइ गरिएको हो । कार्यक्रममा क्यानका सचिव पारस खड्काले महिला क्रिकेट टिमको प्रदर्शनलाई लिएर सबैमा चासो रहेको भन्दै महिला टिमले विगतदेखि नै राम्रो गर्दै आएको बताए ।

महिला क्रिकेट टिम पहिल्यैदेखि प्राथमिकतामा पर्नुपर्ने भएपनि प्राथमिकतामा राख्न सबै चुकको बताए । अब महिला क्रिकेट खेलाडीलाई पनि राम्रो भन्दा राम्रो अवसर दिन आवश्यक रहेको बताए । उनले अबका खेलमा टिमप्रति विश्वास राखेर उच्च आत्मबल राखेर खेल्न आग्रह गरे । उनले महिला क्रिकेटलाई धेरै दबाब नरहेको भएपनि अवसरका रुपमा लिएर उत्कृष्ट नतिजा निकाल्न आग्रह गरे ।

कार्यक्रममा महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्माले अभ्यास राम्रो गरेको भन्दै नतिजा पनि राम्रो दिने प्रतिबद्धता जनाइन् । उनले टिम राम्रो रहेको र उच्च मनोबल रहेकाले राम्रो नतिजा पस्कने बताइन् ।

कार्यक्रममा बोल्दै भारत र पाकिस्तानसँग खेल्दा राम्रो अनुभव पाएको र त्यसले नै टि २० विश्वकपमा राम्रो नतिजा पस्किएको बताइन् । उनले विश्वकपमा जाँदा सुपर ८ मा पुग्ने आत्मविश्वास लिएर गएपनि सम्भव नभएको बताइन् ।

कार्यक्रममा बोल्दै क्रिकेटर सन्दीप लामिछानेले खेलाडीहरूले कुनैपनि आफ्नो सपना पूरा गर्ने माध्यम खेललाई बनाउनुपर्ने बताए । यस्ता खेलले आत्मविश्वास बढाउने र अनुभव बटुल्ने अवसर हुने बताए । उनले कुनैपनि सपना पूरा गर्नुपूर्व त्यसको लागि अभ्यास जारी राख्नु नै ठूलो कुरा भएको बताए । उनले आफूभित्र भएको क्षमतालाई बाहिर ल्याउने गरी खेल्न सुझाव दिए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले अहिलेको अवसरलाई उचित सदुपयोग गर्नुपर्ने बताए । उनले निकै राम्रो खेल्दाखेल्दै पनि कतिपय खेलहरूमा पराजित भएको भन्दै आगामी दिनमा त्यसलाई सुधार गरी अघि बढ्न सुझाव दिए ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र युएई छन् । यस्तै समूह ‘बी’ मा आयोजक श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्याण्ड छन् । नेपालले जुलाई १९ मा युएईसँगको खेलमार्फत प्रतियोगिताको सुरुवात गर्नेछ । त्यसपछि नेपालले पाकिस्तानविरुद्ध जुलाई २१ तथा भारतविरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *