काउरेमा पहिरो : एकको शव भेटियो, दुई जनाको खोजी जारी

काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोमा पुरिएकामध्ये एक महिलाको शव भेटिएको छ । अन्य दुई जनाको खोजी जारी छ । पहिरोमा पुरिएकी ४० वर्षीया हीरा नेपालीको शव गए राति भेटिएको हो ।

पहिरोमा परी बेपत्ता ३७ वर्षीया अनिषा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।

बेपत्ताको नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीले खोजी गरिरहेका छन् । हीरा नेपाली र सुनमाया कुमालको घरभित्र रहेको सामान निकाल्ने क्रममा उनीहरू पहिरोमा पुरिएका थिए ।

पहिरोमा परी ४० वर्षीय विष्णुबहादुर नेपाली, २६ वर्षीय विशाल तिमिल्सिना, ३५ वर्षीय रवि घिमिरे, १८ वर्षीया रूपकुमारी नेपाली र १५ वर्षीय विमल नेपाली घाइते भएका छन् । घाइतेको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *