आइतबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार रुपैयाँले बढेको हो ।

शुक्रबार १ लाख ४४ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ७ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य तोलामा २० रूपैयाँले बढेको छ । शुक्रबार प्रतितोला १ हजार ८ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी आज भने १ हजार ८ सय ९० रूपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *