गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको आग्रह– अझै ७ दिन छ, क्यान्टनमेण्ट घोटालाको फाइल खोल्नुस्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञान बहादुर शाहीले क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरेका छन् ।

आईतवारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै प्रमुख सचेतक शाहीले गृहमन्त्री लामिछानेलाई क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न आग्रह गरे ।

‘अझै ७ दिन फाइल खोलौँ । झ्याम कि झ्याम यहीँबाट पक्राउ गरेर जेल हालौँ । हामी साथ र समर्थन गर्छौ,’उनले भने,‘गृहमन्त्रीज्युलाई काम गर्ने कुरामा समर्थन छ, क्यान्टनमेण्ट घोटालामा कसको नाम छ रोष्टममा आएर बताउनुस् । हामी तपाईलाई समर्थन गर्छौं ।’

उनले जिबि राईलाई पक्राउ गरेर ल्याउन पनि आग्रह गरे । अझै सरकारको ७ दिन बाँकी रहेको भन्दै उनले यो बिचमा भ्रष्टाचारको फाइलहरु खोलेमा आफूहरुको साथ र समर्थन रहने बताए ।

उनले सुकुम्वासीहरुलाई खोला किनाराबाट हटाउन काठमाडौं महानगरपालिकाले पत्र पठाएर गृह मन्त्रीलाई पटक–पटक आग्रह गरेपनि प्रहरी नपठाएको बताए । उनले गृहमन्त्रीले संसदमा आएर ठूलो कुरा मात्रै गरेको बताए ।

‘मलाई बढी केही माग्नु छैन गृहमन्त्रीबाट । जिबि राई पक्राउ गरेर ल्याउनुस् । यहीँ संसदमा हामी फूलमालाले स्वागत गर्छौ,’उनले भने,‘०७२ घण्टामा निर्मला पन्तको हत्यारा पत्ता लगाउँछु भन्नुभयो । सबै जनताले पत्याएर भोट हाल्यौँ । १२४ दिन भयो सरकारमा गएको आज के भयो ?’

प्रमुख सचेतक शाहीले संविधान संशोधन गर्नुपर्ने बताए । उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्थामा जानुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *