अख्तियारको ३३ औं वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस

काठमाडौँ । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औं वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७९/८०) प्रतिनिधि सभामा पेस गरिएको छ ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सो प्रतिवेदन पेस गरेका हुन् ।

उनले भने ‘नेपालको संविधानको धारा २९४ को उपधारा १ बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औं वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७९÷८०) लाई सभा समक्ष पेस गर्दछु ।’

संवैधानिक व्यवस्था अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *