प्रभु बैँक, Saino Tandoori & Sekuwa Corner र T3 Thakali and Multi Cusinie बीच विशेष छुट सम्झौता

काठमाडौँ । प्रभु बैँकका कर्मचारीहरू तथा ग्राहकहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल नजिकै अवस्थित T3 Thakali and Multi Cusinie र  Saino Tandoori & Sekuwa Corner ले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

एक समारोहका बिच सम्पन्न सम्झौतामा T3 ग्रुप प्रा.ली.का अध्यक्ष/प्रमुख कार्यकारी अधिकृत विवेक तुलाचन र प्रभु बैँकका तर्फबाट बाग्मती प्रदेश प्रमुख अधिकृत विकास शर्मा गुरागाईँले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार प्रभु बैँकका कर्मचारीहरू तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा रेष्टुरेन्टमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।

दैनिक लाखौँको संख्यामा स्वदेशी तथा विदेशी मानिसहरूको आवत जावत हुने स्थान हो विमानस्थल, जहाँ मानिसहरु आफन्तलाई लिन र पु्याँउनका लागि आउने जाने गर्दछन् । यस्तै कामको चटारोमा मानिसहरु खाना तथा खाजा समेत नखाई कुद्ने गर्दछन् यिनै मानिसहरु र स्वादका पारखिका लागि मध्यनजर गर्दे T3 Thakali and Multi Cusinie र Saino Tandoori & Sekuwa Corner ले एयरपोर्टको मुख्य द्धारको पूर्वपट्टिको लाइनमा आफ्नो २४ घण्टे सेवा सञ्चालनमा ल्याएको छ ।

सो अनुसार यहाँ आउने जो कोहीले पनि T3 Thakali and Multi Cusinie मा authentic थकाली खाना को स्वाद लिन सक्नेछन् भने Saino Tandoori & Sekuwa Corner मा नान, तन्दुरी, सेकुवा जस्ता परिकारहरू चौबिसै घण्टा पाइने बैंकले जनाएको छ । साथै यथस्ट सशुल्क पार्किङ्ग को पनि व्यवस्था रहेको जनाएको छ ।

ग्राहकहरूको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरू, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढी ग्राहकहरूलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *