आइएसएमटि कलेजको दीक्षान्त समारोह सम्पन्न, ३९० विद्यार्थी दीक्षित

काठमाडौँ । काठमाडौँ स्थित बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्ध प्राप्त आइएसएमटि कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ ।

असार १६ गते सन्डरल्याण्ड विश्वविद्यालय (University of Sunderland UK) का उच्च तहका प्रतिनिधिको मुख्य आतिथ्यमा र अभिभावकहरूको उपस्थितमा Hotel Yak and Yeti  मा सम्पन्न उक्त समारोहमा BBA (Business and Management ), BHM, IT (CSC) उत्तीर्ण ३९० जना विद्यार्थीहरू दीक्षित भएका छन् ।

उक्त समारोहमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई University ले विशेष अवार्ड समेत प्रदान गरेको थियो ।

ISMT ग्रुपले काठमाडौँ, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि University of Sunderland कै सम्बन्धनमा कलेज सञ्चालन गरि BBA (Business and Management ), BHM, IT (CSC), BSc (Hons) Cyber Security and digital Forencis र MBA कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *