दबाबबाट प्रधानमन्त्रीको राजीनामा आउँदैन, विश्वासको मत लिन्छौं : अर्थमन्त्री (भिडिओ)

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले एमाले र काँग्रेस मिल्दा दबाब भए पनि प्रधानमन्त्रीले संसदबाट विश्वास मत लिएर मात्रै छाड्ने बताएका छन् ।

आईतवार संसदबाहिर सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । उनले एमाले काँग्रेस सत्ता समिकरण संविधान संशोधन गरी प्रश्चगमनतिर लैजाने गरी भएको दाबी गरे ।

‘एमाले,काँग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्नु स्वभाविक हो । सरकारको धारणा उपधारा २ बमोजिमको सरकारले कुनै दलले समर्थन फिर्ता लियो भने ३० दिनभित्र बहुमत जुटाउन पाउँछ,’उनले भने,‘दुई पार्टी मिल्दा दबाब छ । तर माओवादीले दुई दल किन मिल्नुभयो भनेर संसदमा प्रश्न गर्न खाजेको हो । संविधान संशोधन भनेको पश्चगमनतिर जानु हो ।’

उनले संसद फेस गरेर प्रधानमन्त्रीले एमाले र काँग्रेससँग दुई दल किन मिले भनेर प्रश्न गर्न खाजेको बताए । उनले संविधान संशोधन भनेको पश्चगमनतिर जानु भएको भन्दै अग्रमनतिर गए माओवादी पनि संविधान संशोधनको पक्षमा रहेको बताए ।

उनले माओवादीले कार्यकारी राष्ट्रपति र पुनः समानुपातिक निर्वाचनमा जादाँ समर्थन गर्ने भन्दै किन एक्लै हिँड्न खोज्नुभयो ? भन्ने प्रश्नको जवाफ चाहेको बताए ।

उनले एमाले काँग्रेस गणतन्त्र ,संघीयता,समानुपातिक र समावेशीताबाट पछाडि हट्न खाजेको भन्दै माओवादीलाई स्वीकार्य नहुने बताए ।

‘अग्रमनतिर जाने हो भने माओवादी पनि संविधान संशोधनको पक्ष हो । कार्यकारी राष्ट्रपति,पुनः समानुपातिक निर्वाचनमा जाऔं भनेकै हो । हामी पनि समर्थन गर्छौं,’ उनले भने,‘किन एक्लै हिँड्न खोज्नुभयो हामी प्रश्न गर्न चाहन्छौं । गणतन्त्र ,संघीयता,समानुपातिक र समावेशीतामा आउनु भयो । आज त्यसबाट पछाडि हट्न खाजेको हो भने स्वीकार्य हुँदैन ।’

उनले सुशासनको पक्षमा काम गरेको र ठूला फाइलहरु खाल्न शुरु गर्दा एमाले काँग्रेस आत्तिएर गठबन्धन गरेको आरोप लगाए ।

उनले सरकारले तत्काल कुनैपनि अनैतिक काम नगर्ने बताए ।

‘सुशासनको पक्षमा काम गर्न,ठूला फाइलहरु खाल्न शुरु गर्दा किन आत्तिनु भयो । काँग्रेस एमाले भ्रष्टाचारीहरुको पक्ष र सुशासनको विपक्षमा हो भन्ने प्रश्न गर्छौं,’उनले थपे,‘त्यसको उपयुक्त जवाफ दिनुभयो भने स्वीकार गर्छौं । सरकारले अनैतिक काम गर्दैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *