प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने दाबी (भिडिओ)

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाउने सम्भावना रहेको दाबी गरेका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने दिनसम्म परिस्थितिमा फेरबदल आउने दाबी गरे ।

उनले प्रधानमन्त्रीले विश्वासको मत पाएर वर्तमान सरकारकै निरन्तरता रहने सम्भावना रहेको उनले बताए ।

‘मलाई विश्वास छ २८ गतेसम्म थोरै परिस्थिति फेरबदल आउँछ,’उनले भने,‘प्रधानमन्त्रीकै निरन्तरतामा अगाडी बढ्न सकिन्छ भन्ने सम्भावना पनि देखिरहेका छौँ ।’

उनले विश्वासको मत नपाएमा माओवादी केन्द्रले प्रभावकारी, बलशाली, रचनात्मक र सिर्जनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्ने बताए ।

‘नेकपा(माओवादी केन्द्र) को तर्फबाट हामीले प्रभावकारी, बलशाली, रचनात्मक र सिर्जनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्छौं । जुनसुकै भुमिकामा रहेर पनि राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर माओवादी केन्द्र निरन्तर अगाडी बढ्छ,’उनले भने,‘जनताप्रति समर्पित भएर, जनताप्रति जवाफदेही र उत्तरदायी भएर आफ्नो संसदीय भुमिका निर्वाह गर्ने प्रक्रियामा माओवादी पार्टीले कुनै कमजोरी राख्दैन ।’

उनले माओवादी केन्द्रले जनताप्रति जवाफदेही र उत्तरदायी भएर आफ्नो संसदीय भुमिका निर्वाह गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *