एमालेले मंगलबार बोलायो सचिवालय बैठक

नेकपा एमालेले मंगलबार सचिवालय बैठक बोलाएको छ। केन्द्रीय कार्यालय च्यासलमा मंगलबार दिउँसो १२ बजे सचिवालय बैठक राखिएको कार्यालय सचिव डा. भिष्म अधिकारीले बताए।

नेपाली कांग्रेससँग मिलेर आफ्नै नेतृत्वमा सरकार बनाउने सहमती भएपछि एमालेले प्रधानमन्त्रीलाई चाँडो राजीनामा दिन दवाव दिइरहेको छ। एमाले प्रदेश सरकारबाट पनि बाहिरिएको छ।

आइतबार पनि एमालेले संसदीय दलको बैठक बसेको थियो। बैठकले नयाँ सरकार गठनको स्वागत गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा गर्न आह्वान गरेको छ।

प्रधानमन्त्री प्रचण्डले भने असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *