एमालेका मन्त्रीहरुले बागमती प्रदेश सरकारबाट सोमबार राजीनामा दिने

कांग्रेससँग मिलेर नयाँ सत्ता गठबन्धन बनाउने निर्णय गरेको एमालेले प्रदेश सरकार पनि धमाधम छाडिरहेको छ। बागमती प्रदेश सरकारबाट सोमबार एमालेका मन्त्रीहरुले राजीनामा दिने भएका छन्।

माओवादी केन्द्रका बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा रहेका एमालेका मन्त्रीहरुले सोमबार मन्त्री पदबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थ फिर्ता लिने भएका हुन्।

यसअघि मुख्यमन्त्री शालिकराम जम्कट्टेल हेटौँडा आएलगत्तै राजीनामा दिने बताएका एमाले मन्त्रीहरूले मुख्यमन्त्री जम्कट्टेलसँगको छलफलपछि सोमबार मात्रै राजीनामा दिने बताएका छन्।

एमाले बामगती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सोमबार बिहान १० बजेपछि मात्रै राजीनामा दिने निर्णय भएको जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *