असार २४ गते सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं.
असार २४, २०८१ ई.सं. 08 Jul, 2024 शक संवत् १९४६ नेपाल संवत् ११४४ दिल्लाथ्व कालयुक्त उत्तरायण ग्रीष्म सोमबार आषाढ शुक्लपक्ष तिथि तृतीया दिनरात, त्यसपछी तृतीया नक्षत्र तिष्य ०६:२५ बजेसम्म, त्यसपछी अश्लेषा योग वज्र ०३:०८ बजेसम्म, त्यसपछी सिद्धि करण गर ०५:२८ बजेसम्म, त्यसपछी तैतिल १६:५५बजेसम्म, त्यसपछी गर चन्द्रराशि कर्कट आनन्दादि योग धाता दिनमान १३:४५ सूर्योदय ५:१६ सूर्यास्त १९:०१ सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा 

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सम्पत्ति हराउने र साँझमा खर्च बढ्न सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज विभिन्न अवसरले पछ्याउनेछन् । नजिकको मित्रसँग भेटघाट हुनेछ । पठनपाठनमा प्रगति हुनेछ, तर दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । नयाँ कार्यको थालनी हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ सफल यात्राको योग पनि छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज युक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । मनोरञ्जनमा सहभागिता भइएला । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज भ्रमण, खानपान पहिरन तथा फेसनमा धन खर्च हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ, साथै जनताको गतिलो समर्थन पनि मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आँटेको र ताकेको कार्य पुरा होला । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) चुनौती चिर्दै काम बनाउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आजको प्रयत्न निष्फल जस्तै होला । अनावश्यक झमेलामा परिएला । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा भने लिन सकिनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शत्रुहरू किनारा लाग्नेछन् । चिताएको कामले तीव्रता लिनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत पनि बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी हुन सक्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । आम्दानी पनि प्रशस्तै बढ्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मुद्दामामिलामा विजयी भइनेछ ।  राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *