गायिका कमला घिमिरेले फिल्म खेल्ने

काठमाडौँ । लोकदोहोरी बालगायिकाबाट आफ्नो करियर सुरुआत गरेकी कमला घिमिरेले फिल्म खेल्ने भएकी छन् । उनले निर्माणको तयारीमा रहेको फिल्म ‘माइली’ मा अभिनय गर्न लागेकी हुन् ।

फिल्म ‘माइली’ टिमले कमलाको पोस्टरलुक समेत सार्वजनिक गरेको छ । फिल्ममा करिश्मा मानन्धर र प्रियंका कार्की यसअघि
नै अनुबन्धित भइसकेका छन् ।

रूना इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मलाई बाबु साहेब बलामीले निर्देशन गर्नेछन् । फिल्म सत्य घटनामा आधारित रहेर निर्माण हुने निर्देशक बलामीले बताए । उनले फिल्ममा महिलाका पीडा देखाइने बताए ।

फिल्म ‘माइली’ को छायांकन असार अन्तिमबाट सुरु गर्ने तयारी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *