नेपाली पात्रो गुगल प्लेस्टोरमा १ करोड डाउनलोड पुरा

काठमाडौँ । नेपालको पहिलो बिक्रम संवतमा आधारित चर्चित मोबाइल एप नेपाली पात्रोले गुगल प्लेस्टोरमा १ करोड डाउनलोड पुरा गरेको छ ।

नेपाली पात्रो नेपाली तिथि, मिति, पात्रो, चाडपर्व, नेपाली संस्कृति, वैदिक सनातन हिन्दु उत्सव / पर्वहरू, विभिन्न जातजाति, भाषाभाषिका धर्म, आस्था तथा संस्कृति लगायतका सम्पूर्ण विशेष दिवस, पर्व तथा जात्राहरूको तथ्यपूर्ण जानकारीले भरिएको नेपालको पहिलो डिजिटल पात्रो हो ।

नेपाली पात्रोमा रेडियो, समाचार (यो गज्जब छ), वैदिक पात्रो, राशिफल, मूल्य सूची, ज्योतिष, राशिफल जस्ता जीवनलाई आवश्यक पर्ने दर्जन बढी सुविधाहरू समावेश रहेका छन् । साथै नेपालका लोकप्रिय समाचार स्रोतबाट निरन्तर समाचार अपडेट गर्ने नेपाली पात्रो गुगल प्ले स्टोरमा ४.३ स्टार रेटिङ्गसाथ लोकप्रिय भएको देखिन्छ ।

नेपालका चार सयभन्दा बढी लोकप्रिय रेडियोहरूबाट सूचना, जानकारीमूलक तथा मनोरञ्जनात्मक सामग्री सुन्न सकिने नेपाली पात्रोका आशिष कार्कीले जानकारी दिए ।

विनिमयदर, सुनचाँदीको मूल्य सूची, तरकारीको बजार भाउ, आदि जस्ता दैनिक आवश्यकताका फिचरका कारण एपमा सक्रिय प्रयोगकर्ताको संख्या पनि उल्लेख्य छ । दैनिक १० लाख बढी सक्रिय प्रयोगकर्ता रहेको एपमा मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ करोड माथि रहेको छ ।

नेपालमा पहिलो पटक, नेपाली रेडियोबाट प्रसारित हुने कार्यक्रमहरू नेपाली पात्रोमा श्रोताहरूको समय अनुसार सुन्न सकिन्छ । सम्बन्धित रेडियोको पछिल्लो ४८ घण्टाका कार्यक्रमहरू नामसहित अडियोमा उपलब्ध हुने नेपाली पात्रोले जनाएको छ । यसका लागि, नेपाली पात्रो डाउनलोड गरेर रेडियो फिचरमा सम्बन्धित रेडियोको पेजमा छुटेका तथा प्रसारित कार्यक्रमहरूको नाम तथा प्रसारण समय उपलब्ध छ ।

नेपाली पात्रोमा देशका प्रमुख १५० भन्दा बढी अनलाइन न्युजपोर्टल र ३५० भन्दा बढी रेडियो समेत जोडिएका छन् । नेपाली पात्रो नेपालको सबभन्दा धेरै सञ्चार नेटवर्क भएको नेपाली एप्लिकेसन हो । हालै सर्वाधिक लोकप्रिय केवल डिस्ट्रिब्यूसन नेटवर्कट NetTV मा पनि नेपाली पात्रोमा उपलब्ध रेडियो सुन्न मिल्ने सुविधा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *