रुद्रनाथ अधिकारीका तीन म्युजिकि भिडिओ एकसाथ सार्वजनिक

काठमाडौं । गीतकार रुद्रनाथ अधिकारीका तीन म्युजिकि भिडियोहरु सार्वजनिक भएका छन् ।

सोमवार काठमाडौंमा एक कार्यक्रमबीच अधिकारीका तीन म्युजिक भिडियो एकसाथ सार्वजनिक भएका हुन् ।

बुझ मायालु, यस्तै रहेछ भाग्य र यसपालिको तिजमा बोलका गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

बुझ मायालुमा प्रमोद खरेलको स्वर रहेको छ भने नरेन खड्का, समिक्षा क्षेत्री र अनुप बोहराको अभिनय रहेको छ ।

यस्तै रहेछ भाग्यमा पनि प्रमोद खरेलकै स्वर रहेको छ भने पुष्प खड्का लगायतका कलाकारको अभिनय रहेहको छ । त्यस्तै यसपालिको तिजमा अञ्जली अधिकारीको अभिनय रहेको छ भने शान्तिश्री परियारको स्वर रहेको छ ।

कार्यक्रममा बोल्दै गीतकार ज्योतिष पण्डित डा. रुद्रनाथ अधिकारीले आफूले आफ्ना दुर्घटनाका क्रममा भोगेका भोगाइहरुलाई गीतमार्फत व्यक्त गरेको बताए ।

उनले नेपाली गीत संगीतको क्षेत्रमा आजबाट नै एउटा हाँसको रुपमा जोडिएको र सकेको सहयोग गर्दै जाने बताए ।

उनले नेपाली गीत, संगीतको क्षेत्रमा आफू शुरुवाती चरणमा रहेको भन्दै सबैले साथ र सहयोग गरिदिन आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *