एमालेले माग्यो बागमतीका मुख्यमन्त्री जम्कट्टेलको राजीनामा

काठमाडौं । बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमालेले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा मागेको छ ।

मंगलबार विज्ञप्ति जारी गर्दै संसदीय दलका नेता जगन्नाथ थपलियाले जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको भन्दै राजीनामा मागेको हो ।

केन्द्रमा नयाँ समीकरण बन्ने भएसँगै बागमतीमा एमालेबाट सामेल ५ मन्त्रीले राजीनामा दिएका छन् ।

एमालेले काम चलाउ अवस्थामा पुगेका मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारलाई दीर्घकालिन महत्व राख्ने कुनै पनि काम नगर्र्न समेत आग्रह गरेको छ ।

‘…बागमती प्रदेश सरकार स्पष्ट अल्पमतमा परिसकेको अवस्थामा माननीय मुख्यमन्त्रीज्यूलाई यथाशीघ्र राजीनामा गर्नुभई सहमतीय सरकार निर्माण गर्ने हाम्रो अभियानलाई साथ दिनुहुन हार्दिक अनुरोध गर्दछौँ । साथै कामचलाउ हैसियतमा पुगिसेको वर्तमान सरकारले दुरगामी महत्व राख्ने निर्णयहरु नगर्न समेत अनुरोध गर्दछौँ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *