अभ्यास खेलमा नेपाल श्रीलंका विकाससँग पराजित

एसिसि महिला एशिया कपका लागि श्रीलंका पुगेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली पहिलो अभ्यास खेलमा पराजित भएको छ । नेपाल श्रीलंका विकास टोलीसँग डकवर्थ लुइस अनुसार ३३ रनले पराजित भएको हो।

वर्षाले प्रभावित खेलमा १५ ओभरमा ९६ रनको लक्ष्य पाएको नेपालले १५ ओभर खेल्दै ९ विकेट गुमाएर ६३ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक १७ रन बनाइन् । यस्तै सिता राना मगरले ११ रन जोडिन् ।

त्यसअघि श्रीलंकन टोलीले २० ओभरमा ८ विकेटको क्षतिमा ११८ रन बनाएको थियो। नेपालकी सबनम राईले ३ विकेट लिइन्। नेपालले अब सोही टोली विरुद्ध बुधवार खेल्नेछ। तेस्रो अभ्यास खेल भने जुलाई १६ मा हुनेछ।

नेपालले एशिया कपको उद्घाटन खेलमा जुलाई १९ मा युएई विरुद्ध खेल्नेछ। नेपाल रहेको समूहमा भारत र पाकिस्तान समेत छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *