युरो कपमा आज राति फ्रान्स र स्पेन भिड्दै

युरो कप २०२४ को पहिलो सेमिफाइनलमा आज राति फ्रान्स र स्पेन भिड्ने भएका छन्।

नेपाली समय अनुसार राति पौने १ बजे खेल म्युनिखमा सुरु हुनेछ।

स्पेन जर्मनीलाई पराजित गर्दै र फ्रान्स पोर्चुगललाई पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन्।

पछिल्लो पटक २००० मा युरो कप उपाधि जितेको फ्रान्स २४ वर्षपछि उपाधि जित्ने दाउमा छ।

स्पेन पनि २०१२ पश्चात पहिलो उपाधिको खोजीमा छ ।

विजेताले इङ्ल्यान्ड र नेदरल्याण्ड्सबिचको विजेतासँग उपाधि भिडन्त गर्नेछ। यो सेमिफाइनल भोलि बेलुका हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *