कोपा सेमिफाइनल : पहिलो हाफमा क्यानडाविरुद्ध अर्जेन्टिनाको अग्रता

काठमाडौं । कोपा अमेरिका फुटबलको पहिलो सेमिफाइनलमा क्यानडाविरुद्ध उपाधि दाबेदार अर्जेन्टिनाले अग्रता लिएको छ । खेलको पहिलो हाफ सकिँदासम्म अर्जेन्टिनाले १-० को अग्रता लिएको हो ।

अमेरिकाको मेटलाइफ स्टेडियममा जारी खेलमा अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाउनेक्रममा जुलियन अल्भारेजले गोल गरे । उनले खेलको २२औँ मिनेटमा रोड्रिगो डी पउलको असिस्टमा सहज गोल गरेका हुन् ।

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले क्वाटरफाइनलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा हराउँदै सेमिफाइनल खेलिरहेको हो । क्यानडाले पनि क्वाटरफाइनलमा भेनेजुएलालाई पेनाल्टी सुटआउटमै हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *