नाडाद्वारा मौद्रिक नीतिको सन्दर्भमा नेपाल राष्ट्र बैंक समक्ष सुझाव प्रस्तुत

काठमाडौँ । नाडा अटोमोवाइल्स् एसोसिएसन अफ नेपालले नेपाल राष्ट्र बैंक समक्ष विद्यमान अटोमोवाइल क्षेत्रका समस्याहरूलाई प्रकाशपारि आगामी मौद्रिक नीतिको लागि सुझाव प्रस्तुत गरेको छ ।

अटोमोवाइल क्षेत्र नेपालको GDP मा महत्वपूर्ण योगदान गर्ने क्षेत्र हो । यो क्षेत्रले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाखौँ नेपालीहरूलाई रोजगार प्रदानगरी राष्ट्रिय विकासमा ठुलो भूमिका निभाउँदै आएको छ । अटोमोवाइल सेक्टरमा आर्थिक सुस्ततासँगै अटो सेक्टरमैत्री नीतिको अभावले गर्दा सम्पूर्ण क्षेत्र नै संकटमा परिरहँदा समग्र अटोमोवाइल बजारमा ६८ प्रतिशतको गिरावट देखिएको छ भने यो क्षेत्रले अहिले १४ प्रतिशत मात्र GDP मा योगदान गरेको जुन एक समयमा २१ प्रतिशतसम्मको योगदान हुने गरेको थियो ।

नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीका अनुसार अहिले अटोमोवाइल मैत्री मौद्रिक नीतिको चरम आवश्यकता रहेको छ । विद्युतीय सवारी साधनहरूमा नीतिगत स्तरमा भएको लचकता सराहनीय छ तर अटोमोवाइल क्षेत्रले विद्युतीय सवारी साधन मात्र नभई समस्त अटो व्यवसायलाई समेट्दछ जसमा ICE Vehicles, पार्ट्स, लुब्रिकेन्ट्स र टायर इत्यादि क्षेत्रहरू पनि समावेश हुन्छ, तसर्थ यो सबै व्यवसायलाई हित हुने नीतिको आवश्यकता हुन्छ ।

आगामी नीतिले यसमा सुधार ल्याएन भने स्थिति अझै भयावह हुनेछ र व्यवसायीहरू पलायन हुनु बाहेक केही विकल्प नरहने बताए । जुन राष्ट्रिय विकाशको लागि नकारात्मक हुने उनले बताए ।

सुस्ताएको नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन नाडा अटोमोवाइल्स् एसोसिएसन अफ नेपालले नेपाल राष्ट्रबैंक समक्ष समय सान्दर्भिक सुझावहरू प्रस्तुत गरेको जनाएको छ । नाडाले नेपाल राष्ट्र बैंक समक्ष प्रस्तुत गरेको सुझावहरू निम्न रुपमा छन् :

  • पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरूलाई बैकहरुबाट Hire Purchase लोन प्रवाह गर्ने प्रक्रियामा Loan to Value Ratio ले ५० प्रतिशत बाट बढाएर ७५ प्रतिशतमा पुर्याउनु पर्ने,
  • पेट्रोल, डिजेल र विद्युतीय शक्तिबाट चल्ने निजी प्रयोजन र व्यावसायिक महत्वका सवारी साधनहरूलाई स्पष्ट रुपमा छुट्याई सोही अनुरूप बैंक लगानी गर्न सहजीकरण गरि दिनु पर्ने,
  • चालुपुजी कर्जा मार्गदर्शन २०७९ लागु भएपछि विभिन्न चरणमा नेपाल राष्ट्र बैंकले यसलाई सच्याउँदै पनि आएको, तर पनि यसले अझै पनि व्यवसायीहरूलाई समस्यामा पारेको छ । यो लागु भएको मिति पछि कर्जा लिएकाहरूलाई मात्रै चालुपुजी कर्जा मार्गदर्शन २०७९ लागु हुनेगरी कार्यान्वयनमा ल्याएमा सम्पूर्ण समस्याको समाधान हुने,
  • कालो सूचिमा परेका व्यक्तिहरूले पनि अन्य बैकहरुबाट आफनो कारोबार गरिरहेको देखिएकोले कालो सूचिमा परेका व्यक्ती वा कम्पनीमाथिको कारबाही ज्यादै फितलो हुने गरेको देखिएकाले नेपाल राष्ट्र बैङ्कले यस नियमलाई कडाइकासाथ लागु गर्नु पर्न,
  • नेपाल राष्ट्र बैंकले पेट्रोल, डिजेल र विद्युतीय शक्तिबाट चल्ने निजी प्रयोजन र व्यावसायिक महत्वका सवारी साधनहरूलाई स्पष्ट रुपमा छुट्याई सोही अनुरूप बैंक लगानी गर्न सहजीकरण गरि दिनु पर्ने, त्यसैगरी कुनै पनि क्षेत्रमा ५५ भएमा बैंकलाई त्यो क्षेत्रमा फाइनान्स् गर्न मिल्दैन, व्यावसायिक महत्वका माइक्रोबस र निजी प्रयोजनका कार एउटै क्षेत्र अन्तरगत पर्ने हुँदा धेरै बैङ्कहरूले डिजेल पेट्रोलबाट चल्ने निजी कारलाई पनि फाइनान्स् गर्न बन्द गर्नुपर्ने,
  • घरपरिवारको आम्दानी सामान्यतया घरका धेरै सदस्यहरूले प्रयोग गर्ने अर्थात् दम्पतीले सवारी साधनको रूपमा अटोलोन उधारकर्ताको चुक्ता गर्ने क्षमताको गणना गर्दा विचार गर्नुपर्ने, अर्थात् घर जग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपात लाई सहजीकरणगरी चुक्ता प्रमाण पेस गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिनु पर्ने,
  • नेपाल राष्ट्र बैंकले पेट्रोल र डिजेलबाट चल्ने निजी र व्यावसायिक महत्वका सवारी साधनहरूलाई छट्याउनु पर्ने बताएको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *