कोपा अमेरिकाको फाइनल प्रवेशका लागि कोलम्बिया र उरुग्वे भिड्दै

कोपा अमेरिकाको फाइनल प्रवेशका लागि कोलम्बिया र उरुग्वे भिड्दैछन्। उरुग्वे र कोलम्बियाबीचको खेल बिहीबार बिहान नर्थ क्यारोलिनाको शार्लोटमा हुने छ।

ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले पराजित गर्दै उरुग्वे उपाधि भिडन्त नजिक पुगेको हो।

कोलम्बिया पानामालाई ५–० गोलअन्तरले पराजित गर्दै उरुग्वेसँगको भेट पक्का गरेको हो। कोलम्बिया २७ खेलसम्म अपराजित छ।

सन् २०११ मा कोपा अमेरिकाको उपाधि जितेपछि उरुग्वे पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको हो।

यी दुईको विजेताले उपाधिका लागि अर्जेन्टिनाको सामना गर्नेछ। अर्जेन्टिना बुधबार क्यानडालाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ। साविक विश्वविजेता समेत रहेको अर्जेन्टिना लगातार दोस्रो कोपा उपाधि रक्षा गर्ने दाउमा छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *