स्क्वायर मोटर्सले उद्घाटन गर्‍यो पोखरामा टीभीएसको नयाँ शोरूम

काठमाडौं । स्क्वायर मोटर्सले पोखरामा नयाँ टीभीएस शोरूम सञ्चालनमा ल्याएको छ । नयाँ शोरुमको उद्घाटन पोखरा महानगर प्रमुख धनराज आचार्यले गरेका हुन् ।

स्क्वायर मोटर्सको नयाँ शोरूमले स्थानीय समुदायको मोटरबाइक र स्कूटरको आवश्यकता पूरा गर्ने उद्देश्य राखेको कम्पनीको भनाई छ । कम्पनीले विभिन्न मोडलका मोटरसाइकल र स्कुटर उपलब्ध गराउनुको साथै स्पेयर पार्ट्स र सवारी साधन मर्मतसम्भारमा पनि उत्कृष्ट सेवा दिने स्क्वायर मोटर्सका सञ्चालकहरू बिनोज पोते र आदर्शमान श्रेष्ठले बताए । जगदम्बा मोटर्स प्रा.लि., नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो ।

देशभर १५० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ । गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारणनै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु-ह्विलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *