मोदीको मस्को भ्रमण : रुस–भारतबीचको सहकार्यलाई अझ गहिरो बनाउने तयारी

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मस्को भ्रमण गरेपछि रुस र भारतले विभिन्न क्षेत्रमा सहयोगलाई अझ गहिरो बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । वर्तमान जटिल र अनिश्चित भूराजनीतिक परिस्थितिमा रूस–भारत सम्बन्ध स्थिर रहने बताइएको छ ।

दुवै देशका नेताहरूले उनीहरूको विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारीको निरन्तर सुदृढीकरण र विस्तारलाई उल्लेख गरेका छन् । युरेशियन इकोनोमिक युनियन र भारतबीच स्वतन्त्र व्यापार सम्झौताको सम्भावनासहित व्यापार उदारीकरणमा देशहरूले आफ्नो वार्ता जारी राख्ने बताइएको छ । दुई राष्ट्रहरू द्विपक्षीय व्यापारको वृद्धिलाई गति दिन सहमत भएका छन् । व्यापार कारोबार सय अर्ब अमेरिकीमा पु¥याउने लक्ष्य राखिएको छ ।

नेताहरूले सन् २०३० सम्ममा देशहरूबीच आर्थिक सहयोगका रणनीतिक क्षेत्रहरूको विकासका लागि कार्यक्रम तयार गर्न पनि सहमति जनाएका छन् । देशहरूले सुरक्षाको सम्बन्धमा पनि वार्ता गरेका छन् । क्षेत्रीय सुरक्षा संरचनालाई सुदृढ गर्न सहमत भएका छन् ।

युक्रेन संकटका सम्बन्धमा रुस र भारतले कुटनीति र द्वन्द्वका दुवै पक्षको संलग्नताबाट शान्तिपूर्ण समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । पुटिन र मोदीले गाजामा मानवीय सहायताको प्रभावकारी वितरणको लागि वकालत गर्दै युद्धविराम र गाजा पट्टीमा बन्धकहरूलाई तुरुन्तै रिहा गर्न संयुक्त राष्ट्रको प्रश्तावको कार्यान्वयन गर्न पनि आह्वान गरेका छन् ।

उर्जाका लागि रुस र भारतले कोइला क्षेत्रमा नयाँ दीर्घकालीन सम्झौता र थप सहयोगलाई विचार गर्न सहमत भएका छन् । भ्रमणका क्रममा मोदीलाई अर्डर अफ सेन्टबाट सम्मानित गरिएको थियो ।

रुसी नेताले रुसी शहर काजानमा शरद ऋतुमा हुन लागेको ब्रिक्स शिखर सम्मेलनमा पनि मोदीलाई निम्तो दिएका थिए । मोदीले जुलाई ८ देखि ९ सम्म रुसको आधिकारिक राजकीय भ्रमण गरेका थिए । पछिल्लो पाँच वर्षमा मोदीको यो पहिलो रुस भ्रमण थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *