बेपत्ता बस खोज्न गोताखोरसहित ७० जनशक्ति परिचालन (भिडिओ)

काठमाडौं । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले खसाल्दा बेपत्ता भएका दुईवटा बस खोज्न गोताखोर परिचालन भएका छन् । सशस्त्र प्रहरी बलको विपद्‌ व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर टोलीले खोजी तथा उद्धार सुरु गरेको हो ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बेपत्ता बस तथा यात्रु खोज्न सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट ४५ जना र विपद्‌ व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २५ जना परिचालन भएका छन् ।

वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई आज बिहान करिब साढे तीन बजेतिर भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा लेदो माटोसहितको पहिरोले बगाएर त्रिशूली नदी किनारमा खसालेको थियो ।

भिडिओ मुग्लिन बजारबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *