युरोकप फाइनलमा आज दुई महाशक्तिबीच भिडन्त, हेड टू हेड’मा को अगाडि ?

काठमाडौं । युरोपेली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरोपियन च्याम्पियनसिपको फाइनल आज राती हुँदैछ । फाइनल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ । फाइनलमा उपाधिका लागि विश्व फुटबलका दुई महाशक्ति स्पेन र इंग्ल्याण्ड भिड्दै छन् । फाइनलमा स्पेन र इंग्ल्याण्ड सन् २०१८ यता पहिलोपटक एकापसमा भिड्न लागेका हुन् ।

सेमिफाइनलमा स्पेनले फ्रान्सलाई र इंग्ल्याण्डले नेदरल्याण्ड्सलाई हराएर उपाधि नजिक पुगेका हुन् । स्पेनले अहिलेसम्म खेलेका सबै ६ खेल जितेको छ । स्पेनका किशोर खेलाडी लामिन यमलको चर्चा जताततै छ । स्पेनले तीनपल्ट युरो जितिसकेको छ । अब कीर्तिमानी चौथोपल्ट जित्ने प्रयासमा हुनेछ ।

इंग्ल्याण्डले युरोको फाइनल खेल्न लागेको यो लगातार दोस्रोपल्ट हो । यसअघि युरो २०२० मा पनि इंग्ल्याण्ड फाइनल पुगेको थियो तर इटालीसँग पराजित रहृयो । सन् १९६६ मा इंग्ल्याण्डले विश्वकप जितेको थियो । यो नै टिमको एकमात्र ठूलो उपलब्धि रहेको छ ।

सन् १९२९ मा दुई टोलीबीच पहिलो खेल भएको थियो । त्यसयता अहिलेसम्म २७ खेल भएका छन् । अहिलेसम्मका खेलमा इंग्ल्याण्ड १४ पटक विजयी भएको छ भने स्पेनको पक्षमा १० जित छ । अन्य तीन खेल भने बराबरीमा टुंगिएको छ । पछिल्ला नौ खेलमध्ये स्पेन पाँचपटक भएको विजयी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *