क्यानडालाई ट्राइबेकरमा हराउँदै उरुग्वेले हासिल गर्यो तेस्रो स्थान
काठमाडौं । ४८औँ संस्करणको कोपा अमेरिका फुटबलमा विजेता उरुग्वे तेस्रो भएको छ । आज बिहान सम्पन्न खेलमा क्यानडालाई पेनाल्टीसुटआउटमा ४–३ ले हराउँदै उरुग्वेले तेस्रो स्थान हासिल गरेको हो ।
पेनाल्टी सुटआउटमा उरुग्वेका चार खेलाडी सफल भए । क्यानडाका भने तीन खेलाडीले मात्र गोल गर्न सके । त्यसअघि निर्धारित समयमा दुवै टिमले २–२ को बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।
इन्जुरी समयको दोस्रो मिनेटमा उरुग्वेले गोल फर्काएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको हो ।
उरुग्वेका लागि दोस्रो गोल लुइस सुआरेजले गरे । खेलको ८०औँ मिनेटमा जोनाथन डेविडको गोलमा क्यानडाले खेलमा अग्रता लिएको थियो ।
खेलको आठौँ मिनेटमा रोड्रिगो बेन्टान्करले गोल गर्दै उरुग्वेलाई सुरुवाती अग्रता दिलाए । तर, उसको अग्रता लामो समयसम्म टिक्न सकेन । २२औँ मिनेटमा इस्माइल कोनेले गोल गर्दै खेललाई १–१ को स्थितिमा ल्याएका थिए ।
सेमिफाइनलमा क्यानडा अर्जेन्टिनासँग तथा उरुग्वे कोलोम्बियासँग पराजित भएका थिए ।