स्पेनले यामललाई फाइनलमा पुरै समय खेलाए हुनसक्छ ४३ लाख जरिबाना

काठमाडौं । युरोपेली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरोपियन च्याम्पियनसिपको फाइनल आज राती हुँदैछ । फाइनल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ । फाइनलमा उपाधिका लागि विश्व फुटबलका दुई महाशक्ति स्पेन र इंग्ल्याण्ड भिड्दै छन् । फाइनलमा स्पेन र इंग्ल्याण्ड सन् २०१८ यता पहिलोपटक एकापसमा भिड्न लागेका हुन् ।

सेमिफाइनलमा स्पेनले फ्रान्सलाई र इंग्ल्याण्डले नेदरल्याण्ड्सलाई हराएर उपाधि नजिक पुगेका हुन् । स्पेनले अहिलेसम्म खेलेका सबै ६ खेल जितेको छ । स्पेनका किशोर खेलाडी लामिन यमलको चर्चा जताततै छ । स्पेनले तीनपल्ट युरो जितिसकेको छ । अब कीर्तिमानी चौथोपल्ट जित्ने प्रयासमा हुनेछ ।

इंग्ल्याण्डले युरोको फाइनल खेल्न लागेको यो लगातार दोस्रोपल्ट हो । यसअघि युरो २०२० मा पनि इंग्ल्याण्ड फाइनल पुगेको थियो तर इटालीसँग पराजित रहृयो । सन् १९६६ मा इंग्ल्याण्डले विश्वकप जितेको थियो । यो नै टिमको एकमात्र ठूलो उपलब्धि रहेको छ ।

सन् १९२९ मा दुई टोलीबीच पहिलो खेल भएको थियो । त्यसयता अहिलेसम्म २७ खेल भएका छन् । अहिलेसम्मका खेलमा इंग्ल्याण्ड १४ पटक विजयी भएको छ भने स्पेनको पक्षमा १० जित छ । अन्य तीन खेल भने बराबरीमा टुंगिएको छ । पछिल्ला नौ खेलमध्ये स्पेन पाँचपटक भएको विजयी छ ।

फाइनलमा यामललाई पूरै समय खेलाए जरिवाना
जारी युरोमा उत्कृष्ट प्रदर्शन गरेको स्पेनिस खेलाडी लामिन यामललाई यदि टिमले पुरै समय मैदानमा बिताउन लगाए जरिवानामा पर्ने छन् । १७ वर्षीय लामिन यामलले इङ्ल्यान्डविरुद्ध फाइनलमा पूरा ९० मिनेट खेलेमा जर्मनीको श्रम कानूनअनुसार ४३ लाख ७२ हजार रुपैयाँ तिनुपर्ने हुनसक्छ । जर्मनीको श्रम कानुन अनुसार नाबालकलाई काम लगाउँदा ३० हजार युरोको जरिवाना रहेको छ ।

यमलको उत्कृष्ट प्रदर्शनका बाबजुद स्पेनका प्रशिक्षक लुइस डे ला फ्युएन्टेले उनलाई इङ्ल्यान्डविरुद्धको सम्पूर्ण समय खेल खेलाउन सक्ने छैनन् । जर्मनीको श्रम कानून अनुसार १८ वर्ष मुनिका युवाले कुनै पनि दिन बेलुका ८ बजे (स्थानीय समय) पछि काम गर्न पाउँदैनन् । एथलीट (खेलाडी) हरूका लागि थोरै फाइदा छ, जसलाई ११ बजे सम्म ‘काम’ गर्न अनुमति दिइन्छ ।

स्पेन र इंग्ल्याण्ड युरो २०२४ को फाइनल जुलाई १४ मा स्थानीय समय अनुसार राति ९ बजे सुरु हुनेछ । यस्तो अवस्थामा स्पेनले लामिन यामलसँग खेल्नका लागि पहिलो ६० मिनेटको समय पाउनेछ । यसपछि पनि टोलीले लामिन यामललाई मैदानबाट बाहिर नबोलाएमा जर्मन लेबर कानून बमोजिम स्पेनिस फुटबल संघलाई ३० हजार युरो अर्थात् करिब ४३ लाख ७२ हजार रुपैयाँ जरिवाना हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *