ट्रम्पमाथि गोली प्रहारपछि बाइडेन : यस्तो हिंसाको लागि कुनै ठाउँ छैन

एजेन्सी । अमेरिकाका राष्ट्रपति जो बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएपछि अमेरिकामा यस प्रकारको हिंसाको लागि कुनै ठाउँ नरहेको बताएका छन् ।

बाइडेनले संक्षिप्त टिप्पणीमा यस्तो कार्य घृणित काम भएको बताए । यस्ता गतिविधिले देशलाई एकजुट बनाउनबाट रोक्ने बताए ।

ट्रम्पलाई पेन्सिलभेनियाको बटलरमा भएको र्यालीमा कानमा गोली लागेको बताइएको छ । भिडियो फुटेजमा ट्रम्पले भाषण गरिरहँदा र्यालीमा पपिङको आवाज आएको सुनिएको थियो । भीडमा चिच्याएको सुन्न सकिन्थ्यो । ट्रम्पलाई गुप्त सेवा एजेन्टहरूले तुरुन्तै स्टेजबाट बाहिर निकालेका थिए ।

एकजना र्याली सहभागी र संदिग्ध बन्दुकधारीको मृत्यु भएको घटनालाई हत्याको प्रयासको रूपमा अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *