राजीनामा दिँदै लुम्बिनीका मुख्यमन्त्री महरा

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

सत्ता समीकरणमा हरेका दलहरूले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महरा अल्पमतमा छन् । मुख्यमन्त्री महराले अल्पमतमा परेपछि विश्वासको मत नलिई राजीनामा दिने तयारी गरिरहेका बुझिएको छ ।

चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका महरालाई ४८ जना सांसदको समर्थन थियो । तर, केन्द्रमा समीकरण बद्लिएपछि हाल उनको पक्षमा ११ जना मात्रै सांसद छन् ।

अल्पमतमा परेपछि नैतिक संकटमा परेका मुख्यमन्त्री महराले राजीनामा दिने तयारी गरेको माओवादी स्रोतले जनाएको छ । महरालाई दिएको समर्थन फिर्ता लिएर कांग्रेस र एमालेसहितका दलहरूले नयाँ सरकार गठनका लागि पहल सुरु गरिसकेका छन् ।

८७ सदस्यीय लुम्बिनीमा प्रदेश बहुमत पुर्‍याउनका लागि ४४ सिट आवश्यक पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *