नाटक ‘माण्डवी’ : व्यस्तताले स्वयंलाई बिर्सिएपछि…(तस्बिरहरू)

काठमाडौँ । थापागाउँ स्थित मण्डला थिएटरमा नाटक ‘माण्डवी’ मञ्चन भएको छ । राम के.ए.सी.को लेखन तथा निर्देशनमा नाटक ‘माण्डवी’ तयार पारिएको थियो ।

थिएटर क्लबको प्रस्तुतिमा नाटक ‘माण्डवी’ एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट र त्यही मातहतका विद्यार्थीहरूले मञ्चन गरेका हुन् ।

‘माण्डवी’ ले पढाइ, करियर, जागिर, पैसा, सम्पत्ति, आफ्नो बिरानोको चक्रव्यूहमा मानिसहरूले स्वयंलाई बिर्सिएपछि सुरु हुने खोज र आधुनिक समयले व्यस्तताको भु्रणबाट जन्माएको सम्बन्धहरूको अदृश्य ऐँठनको विषयवस्तु उठान गरेको छ । मानव जीवनमा आइपर्ने मानसिक समस्याहरू कसरी उत्पन्न हुन्छन् भन्ने कुराहरूलाई पनि नाटकमा मञ्चन गरिएको छ ।

नाटकमा वैवाहिक जीवन पछि महिलाहरूमा पर्ने मानसिक असर र शारीरिक असरबारे वर्णन गरिएको छ ।

विवाहपछि घरायसी कार्य र स्वतन्त्रताबाट बञ्जित हुनुपर्ने महिलाका पिडा र अभावलाई नाटक मार्फत देखाइएको छ ।

नाटकमा महिलाको बिहेपछिको जिन्दगीलाई पिँजडाको सुगासँग तुलना गरिएको छ । जसरी पिँजडामा सुगाले आफ्नो अस्तित्व बिर्सिएको हुन्छ त्यसैगरि धेरै नारीहरूको पनि बिहेपछि स्वतन्त्रता र अधिकार खोसिएको भन्ने दृश्य देखाइएको छ ।

यति मात्रै होइन, नाटकमा विवाहपछि श्रीमान्को साथ नपाउँदा र घरमा एक्लै हुँदा दिमागमा आउने नकारात्मक सोच, डर त्रासबारे नाटकद्वारा प्रस्तुत गरिएको छ ।

नाटकमा नीलिमा पाण्डे, अभिषेक प्रधानाङ्ग, सनम अर्याल, आस्का गौचन, प्रयानमान बुद्धाचार्य, उषा कुसुम पुरी, युनेश तखाछेँ र नुरेश पौडेलको अभिनय रहको छ ।

असार २८ गतेबाट सुरु भएको नाटक ‘माण्डवी’ को आज अन्तिम सो रहेको छ ।

हेर्नुहोस्  तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *