अतिरिक्त समयमा धकेलियो कोपा फाइनल, बेञ्चमा पुगेका मेस्सी धुरुधुरु रोए !

काठमाडौं । कोपा अमेरिकाअन्तर्गत अर्जेन्टिना र कोलम्बियाबीचको फाइनल खेल अतिरिक्त समयमा धकेलिएको छ । निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमामा धकेलिएको हो ।

निर्धारित समयमा अर्जेन्टिनाविरुद्ध कोलम्बिया केही हाबी देखियो । जारी कोपामा सेमिफाइनलमा अर्जेन्टिनाले क्यानडालाई २-० तथा कोलोम्बियाले उरुग्वेलाई १-० ले हराउँदै फाइनलको टिकट यात्रा गरेका थिए । अब यी दुई टिम फाइनल पनि जित्दै कोपा ट्रफी चुम्न चाहन्छन् ।

फाइनल दौडानमा कोलम्बियाविरुद्ध अर्जेन्टिनी कप्तान लिओनल मेस्सी घाइते भएका छन् । उनी दोस्रो हाफको ६५औँ मिनेटमा मैदानमा लडेका थिए ।

त्यसपछि खेल्न असमर्थ भएपछि मेस्सी मैदान बाहिरिए । महत्वपूर्ण समयमा मैदान बाहिरिँदा उनी निकै भावुक देखिन्थे । मैदानबाट बाहिरिएको लामो समयसम्म मेस्सी अर्जेन्टिनी टिमको बेन्चमा रोए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *