दादुराले अफगानिस्तानमा १ सय ६० जनाको ज्यान गयो : डब्लुएचओ

एजेन्सी । अफगानिस्तानमा पछिल्लो ६ महिनामा दादुराका कारण कम्तीमा १६० जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले जनाएको छ । प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा ३६ हजार ६१८ जनामा यो रोग लागेको छ भने १६० जनाको मृत्यु भएको छ ।

जसमध्ये ८१.१ प्रतिशत दादुराको शंकास्पद घटनामा पाँच वर्ष मुनिका बालबालिका र ४५ प्रतिशत महिला रहेका छन् । अधिकांश घटनाहरू पूर्वी अफगानिस्तानको खोस्ट प्रान्तमा रेकर्ड गरिएका छन् ।

दादुराबारे चेतनाको अभाव, स्वास्थ्य सुविधामा पहुँचको अभाव, बालबालिकालाई खोप नदिने र अफगानिस्तानका केही दुर्गम क्षेत्रहरूमा अफगानीहरू एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्ने कारकहरू हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *