‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ अफरको विजेता घोषणा

काठमाडौँ । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैँ तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ अफरको बम्पर विजेताको नाम घोषणा गरेको छ ।

सो अफर अनुरूप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरूले ६ लाख सम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्फत  १ जना विजेतालाई हुन्डाई Exter जित्ने मौका थियो ।

‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ अफरको विजेताको घोषणा Hyundai Nepal को Facebook मा लक्की ड्र मार्फत २०८१ असार ३१ गते, ११ बजे गरिएको थियो । सो कार्यक्रमको मुख्य अतिथिमा कनज्युमर आई नेपालकी अध्यक्ष श्रीमती बिमला खनाल रहेकी थिइन् ।

‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ अफर अनुरूप बम्पर लक्की ड्रअन्तर्गत, सुनसरी का ईन्द्र प्रसाद गुरागाइ, कुपन नम्बर ५३, अलायन्स मोटर्स प्रा लि, हुन्डाइ बिर्तामोड का ग्राहकले हुन्डाई Exter जितेका थिए ।

यस लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राह वर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको र ‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ योजना मार्फत पनि ग्राहकहरूलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *