ट्रम्पले छाने आफ्नो तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी निर्वाचनमा आफ्नो उपराष्ट्रपतिको उम्मेदवारमा ओहिओ राज्यका सिनेटर जेडी भेन्सलाई चयन गरेका छन् ।

उहाँले सामाजिक सञ्जालमार्फत सो बारेमा जानकारी गराएका हुन् । जेडी भेन्स हिलबिली एलिजी र अ रेलिभेन्ट फेथः सर्चिङ फर मिनिङफुल अमेरिकन जस्ता चर्चित पुस्तकका लेखकसमेत हुन् ।

भेन्ससँग मरिन क्रप्समा जोडिएर इराकी युद्ध रिपोर्ट पनि गरेको अनुभव छ । सन् २०२३ मा ओहियोका सिनेटर जेडी भेन्स सन् २०१६ मा ट्रम्पका आलोचक हुन् ।

पछि ट्रम्पकै पक्षमा आए । फ्लोरिडा सिनेटर मार्को रुबियो र उत्तर डकोटाका गभर्नर डग बर्गम पनि उपराष्ट्रपतिको आकंक्षी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *