१०३ किलोमिटर टाढा भेटियो त्रिशूलीमा बेपत्ता बसका चालक-सहचालकको शव

काठमाडौं । नारायणगढ-मुग्लिन खण्डअन्तर्गत चितवनको सिमलतालमा पहिरोले दुईवटा बस बगाउँदा बेपत्ता यात्रुमध्ये मंगलबार साँझसम्म १७ जनाको शव फेला परेको छ । दुर्घटनाको ४ दिन बितिसक्दा बेवत्ता ६२ जनामध्ये १७ जनाको शव भेटिएको हो ।

मंगलबार भेटिएका ४ शवमा गणपति डिलक्स बसका चालक र सहचालकको पनि छ । काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३-०११ ख २५९५ नम्बरको गणपति डिलक्स बसका चालक रौतहटको परोहा नगरपालिका-६ का ३५ वर्षीय किशोरकुमार चौधरी र सहचालक चपुर नगरपालिका-१० का ४८ वर्षीय ऋषिकुमार सिंहको शवलाई परिवारका सदस्यहरुले सनाखत गरेका हुन् । उनीहरु दुवैको शव नेपाल-भारत सीमा क्षेत्रको गण्डक ब्यारेज नजिकै फेला परेको थियो । जुन घटनास्थलभन्दा १०३ किलोमिटर पर हो ।

भेटिएका १७ शवमध्ये १० जनाको सनाखत भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । सनाखत गरिएका १० जनामा सीतामणी बिहार भारतका श्रृषिपाल साह, चितवन माडी-१ का विकास परियार, सर्लाही बरहथवा-३ का रमितकुमार माझी, पश्चिम चम्पारण भारतका जयप्रकाश ठाकुर, बेतिया मझेलिया थाना भारतका सजाद अन्सारी, भरतपुर-२२ पटिहानीका सुदीप विक, रौतहटका फिरोज राहुप मिया, बारा विश्रामपुर-६ का परमानन्द पण्डित र रौतहट चन्द्रनिगाहपुर-१० का किशोरकुमार चौधरी (चालक गणपति), चपुर नगरपालिका-१० ऋषिकुमार सिंह (सहचालक गणपति) छन् । अन्यको भने सनाखत हुन सकेको छैन ।

दुईवटा बसमा गरी ६५ यात्रु थिए, जसमा तीन यात्रु पौडिएर बाँच्न सफल भए पनि दुई बस र बाँकी ४५ यात्रु भने चार दिन बित्दा पनि फेला पर्न सकेका छैनन्  पछिल्लो समय नारायणी नदीको गोलाघाट तथा सुस्ता नहरमा शव भेटिन थालेपछि ती क्षेत्रमा नै खोजी कार्यलाई तीव्रता दिइएको छ । यस क्षेत्रमा र्‍याफटिङ बोट, मोटरबोट, पैदल तथा ड्रोनको सहायतामा खोजी जारी राखिएको छ ।

नदीमा बेपत्ता बस र यात्रुको खोजीका लागि ३०१ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ । मंगलबार सशस्त्र प्रहरीले घटनास्थलदेखि गण्डक ब्यारेजसम्म परिचालन गरिएको जनाइएको छ । गण्डक ब्यारेज दुर्घटनास्थलबाट १३२ किलोमिटर टाढा छ ।

वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-०११ ख २५९५ नम्बरको बसमाथि पहिरो खस्दा गत शुक्रबार त्रिशूली नदीमा बेपत्ता भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *