न्युरोडमा फुटपाथ विस्तार गर्दा जे देखियो… (तस्बिरहरु)

काठमाडौँ । न्युरोडमा फुटपाथ विस्तारको काम फेरी सुरु भएको छ ।

काठमाडौँ महानगरपालिकाले आज बुधवारबाट फुटपाथ विस्तारको काम सुरु गरेको हो ।

हिजो मात्रै अदालतले महानगरको पक्षमा फैसला गरेपछि काठमाडौँका मेयर बालेन शाहको निर्देशनमा आजैबाट काम थालिएको हो ।

यसअघि महानगरपालिकाले पैदल मार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालय, काठमाडौँको अवरोधपछि रोकिएको थियो ।

त्यसपछि काठमाडौँका मेयर बालेन र एमालेबिच विवाद पनि भयो । तत्कालिन भौतिक पुर्वाधारमन्त्री रघुवीर महासेठले बालेनको काममा हस्तक्षेप गरेपछि बालेन र एमालेबिच टसलको अवस्था आएको थियो ।

त्यसपछि यो विषय अदालतमा पुगेको थियो । अदालतले काठमाडौं महानगरको पक्षमा फैसला गरेपछि महानगरले सडक फुटपाथ विस्तारको काम धमाधम गरिहरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *