थ्री स्टारको लगातार दोस्रो हार, एनआरटीको दोस्रो जित

काठमाडौं । थ्री स्टार क्लवले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा लगातार दोस्रो हार व्यहोरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको पहिलो खेलमा थ्री स्टारले चर्च ब्वाइजसँग १–० को साँघुरो हार व्यहोरेको हो । बुधवारकै दोस्रो खेलमा एनआरटीले खुमलटार एफसीलाई १–० ले हराउँदै दोस्रो सफलता प्राप्त गरेको छ । पहिलो खेलमा एनआरटीले चर्च ब्वाइजलाई र खुमलटारले सातदोबाटो युथ क्लवलाई हराएका थिए ।

थ्री स्टार युथ लिगमा खराब प्रदर्शनलाई बुधवार पनि जारी राख्यो । आफ्नै क्लवका पूर्वअध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा जारी यस सिजनमा थ्री स्टारले शुरुवाती दुुई खेलमा हार व्यहोर्दै खराब शुरुवात गरेको छ ।

थ्री स्टारले पहिलो खेलमा पनि विभागीय टोली नेपाल पुलिस क्लवसँग ७–२ को फराकिलो हार सामना गरेको थियो । यता चर्च ब्वाइजको पनि दोस्रो खेलमा पहिलो जित हो । पहिलो खेलमा चर्च ब्वाइज न्युरोड टिम (एनआरटी)सँग २–१ ले पराजित भएको थियो । चर्च ब्वाइजलाई जित दिलाउन अमनबहादुर तामाङको गोल नै पर्याप्त बन्यो ।

उनले पहिलो हाफको अन्तिम मिनेटमा गोल गरेका हुन् । अनिष श्रेष्ठले दिएको बललाई अमनले वान टच मार्पmत गोलमा परिणत गराए । दोस्रो हाफमा थ्री स्टारले गोलका थुप्रै अवसर सिर्जना गर्दै खेलमा फर्कने प्रयास ग¥यो । तर सफल हुन सकेन । दोस्रो हारपछि थ्री स्टार अंकविहीन छ । बुधबारकै दोस्रो एनआरटीले खुमलटारमाथि १–० को साँघुरो जित निकाल्यो । एनआरटीको जितमा सन्तोष गोङ्बाको गोल नै निर्णायक सावित भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकियो । दोस्रो हाफमा खुमलटारका डिफेन्स चनाखो नहुँदा पछि प¥यो ।

६२ औं मिनेटमा सन्तोषले गोल गर्दै अग्रता दिलाए । उनले आफ्ना गोलकिपर तपरेज मियाको लामो पास नियन्त्रणमा लिँदै सुन्दर गोल गरे । त्यस पछिको बाँकी समयमा दुवै तर्र्फबाट गोल हुन सकेन र एनआरटीले दोस्र्रो जित निकाल्यो । खुमलटारले पहिलो खेलमा भने सातदोबाटो युथ क्लवलाई २–० ले पराजित गरेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी यु–१८ युथ लिगको मंगलवार नै पहिलो चरणका खेल सम्पन्न भएका छन् ।

शहीद स्मारक ‘ए’ डिभिजन लिगका १२ क्लवको सहभागिता रहने हुने तय थियो । तर हिमालयन शेर्पा र पे्रmण्ड्स क्लवले भने यु–१८ युथ लिगमा सहभागिता जनाएका छैनन् । डबल राउण्ड रोबिनका आधारमा जारी यु–१८ युथ लिगको पहिलो चरणका खेल सकिँदा मच्छिन्द्र, मनाङ मस्र्याङ्दी एनआरटी, खुमलटार र नेपाल पुलिस क्लवले सुखद् शुरुवात गरेका छन् ।

जावलाखेल र एपिएफले १–१ को गोलको बराबरी नतिजा सामना गरे । यस लिगको विजेताले एक लाख र उपविजेता ५० हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले पनि समान १५ हजार रुपैयाँ पाउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *