आँखै लोभ्याउने बिरुवा (तस्बिरहरु)

काठमाडौँ । भक्तपुर दुवाकोटमोडबाट करिब ५ मिनेट हिँडेर पुग्न सकिन्छ सुविना नर्सरी । सुविना नर्सरी अहिले दुवाकोटको ‘बिरुवा स्टेसन’ बनेको छ । बाटो बाटै टलक्क टल्किएर आँखै लोभ्याउँछन् त्यहाँका बिरुवाहरूले ।

यहाँ टाढा तथा नजिकबाट थुप्रै ग्राहकहरू सुन्दर फूल र फलफूलका बिरुवाहरू खरिद गर्न आइपुगेको देखिन्छ । नर्सरी गोदावरी, गुलाफ, मनि प्लान्ट, पानी अमला र अन्य बिरुवाहरूले भरिएको छ । सडक छेउमा अवस्थित ती नर्सरीका सुन्दर बिरुवाहरूलाई आँखा नलगाउने सायदै कोही होलान् ।

एकदिन म पनि उक्त बाटो हुँदै जाँदा मेरो नजर ती बाटै छेउकै नर्सरीका फूलहरूमा पर्यो । नर्सरीभित्र गमलामा चिटिक्क सजिएर बसेका रङ्गीचङ्गी फूलहरू देख्दा एकटक उभिएर हेरिरहन मन लाग्यो । फूलहरू पनि थपक्क गमलामा, प्लास्टिकको पोकामा पोज दिएर बसेका थिए । त्यसपछि मैले आफ्नो क्यामेरामा उक्त सुन्दर बिरुवाहरूलाई कैद गरेँ ।

हेर्नुहोस् तस्बिरहरू  : 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *