सिक्किमका पूर्वमन्त्री पौड्यालको शव नदीमा भेटियो

सिक्किम । सिक्किमका नेपाली भाषी नेता रामचन्द्र पौड्यालको शव भेटिएको छ । गत मंगलबार पश्चिम बंगालको सिलिगुडीस्थित फूलबारीको टिस्टा नहरमा तैरिएको अवस्थामा पौड्यालको शव फेला परेको हो ।

पहिरनबाट उनको शव पहिचान भएको जनाइएको छ । मृत्युको कारण भने खुल्न सकेको छैन । ८० वर्षीय पौड्याल यही जुलाई ७ देखि हराइरहेका थिए । प्रजातन्त्रवादी नेता पौड्याल सिक्किमका पूर्वमन्त्री पनि हुन् ।

उनी सन् १९७३ को सिक्किमको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रूपमा सहभागी भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *