रातमा चम्किए राजधानीका सडक (तस्बिरहरू)
२०८१ साउन ३ गते
काठमाडौँ । पहिले धेरै मानिसहरूले काठमाडौँ धुलो, धुवा, फोहोर, दुर्गन्ध र कोलाहल भएको भन्दै गुनासो गर्थे । कथा, कविता, गीत र उपन्यासमा पनि काठमाडौँलाई उजाड मरुभूमि भनेर व्याख्या गरेको सुनिन्थ्यो ।
तर अहिले राजधानी काठमाडौँको रुपमा ठूलो परिवर्तन आइसकेको छ । काठमाडौँ अहिले सुन्दर बन्दै गइरहेको छ । दिनमा होस् या रातमा काठमाडौँका सडकहरू सफा, सुग्घर र चिटिक्क परेको देखिन्छन् ।
यहाँका सडकहरू दिनमा हरियालीले र रातमा झिलिमिलि बत्तीले चमचमाएको हुन्छ । उक्त सडकहरूलाई हेर्दा लामो समयदेखि जनताले चाहेको विकास यही हो कि भन्ने लाग्छ।
हेर्नुहोस् तस्बिरहरू:
२०८१ साउन ३ गते
प्रतिक्रिया
सम्बन्धित