टर्कीको जंगलमा लागेको आगो नियन्त्रणमा (तस्बिरहरू)

एजेन्सी । टर्कीका विभिन्न प्रान्तमा लागेको डढेलो नियन्त्रणमा आएको देशका कृषि तथा वनमन्त्री इब्राहिम युमाक्लीले बताएका छन् ।

विभिन्न प्रान्तमा ९ ठाउँमा भएको आगलागी नियन्त्रणमा आएको उनले बताए । डढेलोका कारण भएको भौतिक क्षतिको विवरण नआइसकेको बताए ।

पश्चिमी र दक्षिणी टर्कीमा चलिरहेको गर्मीको लहरलाई ध्यानमा राख्दै उनले उच्च तापक्रम र कम आर्द्रताले अझै पनि थप आगलागीको उच्च जोखिम रहेको चेतावनी दिए ।

गर्मी महिनाहरूमा विशेष गरी पश्चिमी र दक्षिणी क्षेत्रहरूमा उच्च तापक्रमका कारण आगो लागेको बताइएको छ ।

हेर्नूहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *