प्रमोकोड ‘फोनपे डाइरेक्ट’ प्रयोग गरेर आईफोन १५ प्रो जित्न सकिने

काठमाडौँ । भुक्तानी सञ्चालक, फोनपे ले आफ्नो प्रमुख अभियान ‘फोन पे डिरेक्टः पैसा पठाऔँ ठाउँ को ठाउँ’ को घोषणा गरेको छ ।

यस अभियानले प्रयोगकर्ताहरूलाई मोबाइल नम्बर, खाता नम्बर, र व्यक्तिगत क्यु. आर मार्फत अन्तरबैंक रकम ट्रान्सफर सेवा बारे थप प्रोत्साहन गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

यस अभियानले मोबाइल नम्बरबाट रकम ट्रान्सफर गर्दा तुरुन्त र सुरक्षित हुने र सबै प्रयोगकर्ताहरूलाई सजिलो हुने बताएको छ ।

यस अभियान २ महिनासम्म चल्नेछ र भदौ ३१ मा समाप्त हुने कम्पनीले जनाएको छ । यस अभियानको अन्त्यमा दुईजना भाग्यशाली विजेतालाई आईफोन १५ प्रो दिने मेगा उपहार योजना रहेको छ । यो मेगा उपहार जित्ने मौका पाउनका लागि प्रयोगकर्ताहरूले फोनपे डाइरेक्टबाट पैसा पठाउँदा रिमार्क्स सेक्सनमा विशेष प्रमोकोड ‘फोनपे डाइरेक्ट’ राख्नुपर्नेछ र अभियान अवधिमा मोबाइल बैँकिङ् एप प्रयोग गरेर फोनपे डाइरेक्ट मार्फत कम्तीमा तीन पटक पैसा ट्रान्सफर गर्नु पर्नै कम्पनीले जनाएको छ ।

‘हामी ‘फोन पे डिरेक्टः पैसा पठाऔँ ठाउँ को ठाउँ’ विशेष अभियान पुनः ल्याउन पाउँदा उत्साहित छौं’ फोनपेका चिफ इसट्राटेजी अफिसर सुबोध शर्माले भने, ‘यो अभियानले नेपाली उपभोक्ताहरूका लागि डिजिटल कारोबारलाई अझ पहुँचयोग्य बनाउने हाम्रो प्रतिबद्धतालाई दर्साएको छ र फोन पे डिरेक्टलाई तुरुन्त, सुरक्षित र सुविधाजनक रकम ट्रान्सफरको लागि प्रमुख विकल्पको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । हामीलाई विश्वास छ कि प्रयोगकर्ताहरू हाम्रो सेवाका विशेषताहरूबाट खुसी हुने छन् ।’

बैंक परिसरहरूबाटै आक्टिभेसन मार्फत फोनपे डिरेक्टबाट एक बैंकबाट अर्को बैंकमा कसरी पैसा पठाउन सकिन्छ भन्ने कुराको सिकाइलाई ग्राहकहरू माझ थप उजागर गर्ने यस अभियानको मुख्य उद्देश्य रहको उनले बताए ।

फोनपेले सधैँ आफ्नो ग्राहकहरूको वित्तीय कारोबारको सुरक्षालाई प्राथमिकता दिने र उच्च स्तरको एन्क्रिप्शन र प्रमाणीकरण प्रोटोकलहरू समावेश गरेर मोबाइल नम्बर मात्र प्रयोग गरेर सुरक्षित र संरक्षित रकम ट्रान्सफरलाई सुनिश्चित गने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *