एसिसी महिला टि-२० एसिया कप : पाकिस्तानविरुद्ध ब्याटिङ गर्दै नेपाल

एसिसी महिला ट्वान्टी–२० एसिया कपको दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ थालेको छ।

रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको हो।

पहिलो खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै ऐतिहासिक जित निकालेको थियो। पाकिस्तान भारतसँग ९ विकेटले पराजित भएको थियो।

यस खेलमा पाकिस्तानलाई हराए नेपालले समूहचरण पार गर्ने छ। पाकिस्तानलाई भने जित्नै पर्ने दबाब छ।

पाकिस्तानलाई भने यस खेलमा जित निकाले पनि युएईविरुद्धको अन्तिम खेल र नेपाल र भारतबीचको नतिजामा भर पर्नुपर्ने हुन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *