एसिसी महिला टी–२० नेपालले पाकिस्तानलाई लियो १०९ रनको लक्ष्य

एसिसी महिला टि–२० एसिया कपमा नेपालले पाकिस्तानलाई १०९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०८ रन बनाएको हो।

नेपालका लागि कविता जोशीले मात्रै २३ बलमा सर्वाधिक ३१ रन जोडिन्।

सीता राना मगरले २६ रन जोड्दा र पूजा महतो २५ रन जोडेर रन आउट भए। कविता कुंवरले १३ बलमा १३ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

ओपनर सम्झना खड्काले ४ रन बनाउँदा रुविना क्षेत्री ८ रनमै आउट भइन्। नेपालले खराब सुरुवात गरे पनि पूजा र कविताले सम्हालिएर प्रदर्शन गरे। कप्तान इन्दु बर्माले खाता नै खोल्न सकिनन्। बिन्दू रावल शून्यमै नटआउट रहिन्।

पाकिस्तानकी सकिया इकवालले २ विकेट लिँदा फातिमा सानाले एक विकेट हात पारिन्। बाँकी सबै विकेट रन आउट गराएको थियो।

पहिलो खेलमा युएईलाई पराजित गरेको नेपालले पाकिस्तानलाई हराउन सके अघिल्लो चरणमा पुग्ने छ। पाकिस्तान भारतसँग हारिसकेकाले यो खेल जित्नै पर्ने दबाबमा छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *