लुम्बिनीमा मुख्यमन्त्री दाबी गर्न २४ घण्टाको समय

२०८१ साउन ६ गते

बुटवल । लुम्बिनी प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी पेश गर्न २४ घण्टाको समय दिएका छन्।
आइतबार साँझ सूचना जारी गर्दै प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थमा दाबी पेश गर्न सोमबार साँझ साढे ६ बजेसम्मको समय दिएका हुन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार राजीनामा दिएका थिए।
लुम्बिनीमा एमालेले मुख्यमन्त्रीमा दाबी गर्ने सम्भावना छ। आजै बागमतीमा पनि मुख्यमन्त्रीले राजीनामा दिएपछि कांग्रेसले दाबी गर्ने तयारी गरेको छ।
सुदूरपश्चिममा पनि कांग्रेसले र कर्णाली तथा कोशीमा एमालेले नेतृत्व गर्ने सहमती छ।

२०८१ साउन ६ गते
प्रतिक्रिया
सम्बन्धित