एसिया कप महिला क्रिकेट : नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित

एसिसी महिला टि–२० एसिया कपमा नेपालले पाकिस्तानसँग लज्जास्पद हार व्यहोरेको छ। रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बलिङ नचल्दा नेपाल ९ विकेटले पराजित भएको हो।

नेपालले दिएको १०९ रनको लक्ष्य पाकिस्तानले मात्रै एक विकेटको क्षतिमा पूरा गर्यो। पाकिस्तानको जितमा गुल फेरोजाले अर्धसतक पूरा गरिन्। उनले ३५ बलमा १० चौकाको मद्दतमा ५७ रन बनाइन्।

नेपालले दिएको १०९ रनको लक्ष्य पाकिस्तानले १२ औं बल पूरा हुनु एक बल अघि नै पूरा गर्यो। ओपनर मुनिवा अली ३४ बलमा ४६ रन जोड्दै अविजित रहन्।उनले ८ चौका प्रहार गरिन्।

जितका लागि ३ रन आवश्यक हुँदा आएकी तुवा हसिनले एक रनको योगदान दिइन्। नेपालका लागि एक मात्रै विकेट कविता जोशीको नाममा रह्यो।

यो हारसँगै नेपालको अघिल्लो चरणको यात्रा कठिन बनेको छ। पहिलो खेलमा युएईलाई पराजित गरेको नेपालले समूहको अन्तिम खेलमा भारतको सामना गर्ने छ।

भारतले यसअघि पाकिस्तान र युएईलाई हराइसकेको छ। भारतलाई हराउन सके पनि नेपालको अघिल्लो चरण निश्चित छैन। त्यो अवस्थामा युएईले पाकिस्तानलाई पराजित गर्नुपर्छ।

पाकिस्तानविरुद्ध आइतबार नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०८ रन मात्रै बनायो।

नेपालका लागि कविता जोशीले मात्रै २३ बलमा सर्वाधिक ३१ रन जोडिन्।

सीता राना मगरले २६ रन जोड्दा र पूजा महतो २५ रन जोडेर रन आउट भए। कविता कुंवरले १३ बलमा १३ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

ओपनर सम्झना खड्काले ४ रन बनाउँदा रुविना क्षेत्री ८ रनमै आउट भइन्। नेपालले खराब सुरुवात गरे पनि पूजा र कविताले सम्हालिएर प्रदर्शन गरे। कप्तान इन्दु बर्माले खाता नै खोल्न सकिनन्। बिन्दू रावल शून्यमै नटआउट रहिन्।

पाकिस्तानकी सकिया इकवालले २ विकेट लिँदा फातिमा सानाले एक विकेट हात पारिन्। बाँकी सबै विकेट रन आउट गराएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *