फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा साताको दोस्रो कारोबार दिन आज (सोमबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ सय रुपैयाँले बढेको हो ।

आइतबार प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ सय रुपैयाँले बढेर १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने घटेको छ । आइतबार तोलामा १ हजार ८ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *