क्रोएसियाको नर्सिङ होममा गोली चल्यो, ५ वृद्धको मृत्यु

काठमाडौं । क्रोएसियाको एक नर्सिङ होममा गोली चलेको छ ।

सोमबार नर्सिङ होममा घुसपैठ गर्ने व्यक्तिले चलाएको गोली लागेर ५ जनाको मृत्यु भएको छ ।

क्रोएसियाली मिडियाले जानकारी दिएअनुसार गोली प्रहारबाट ५ वृद्धको मृत्यु भएको हो । अन्य केही घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको बताइएको छ ।

नर्सिङ होममा गोली चलाएर ती व्यक्ति भागेका थिए । उनलाई प्रहरीले दारुवर सहरको नजिकैको एक क्याफेबाट पक्राउ गरेको थियो ।

अधिकारीहरूले अहिले घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *