‘कोल्गेट नेपाल स्पेल बी’को पाँचौँ संस्करणको विजेता रिलायन्स इन्टरनेसनल एकेडेमी

काठमाडौँ । ‘कोल्गेट नेपाल स्पेल बी’को पाँचौँ संस्करणको विजेता रिलायन्स इन्टरनेसनल एकेडेमी बनेको छ ।

कार्यक्रममा देशभरबाट २ हजार ९ कलेजका झण्डै ९ लाख विद्यार्थी सहभागी थिए । जसमध्ये काठमाडौँको चाबहिलमा रहेको रिलायन्स इन्टरनेसनल एकेडेमीका छिरिङ केसाङ शेर्पा विजेता बनेका हुन । त्यस्तै दाङको गोरखा इन्टरनेसनल माध्यामिक विद्यालयका उत्सभ घिमिरे फस्ट रनर अप बनेका छन भने क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर काठमाडौँका रेसम सेकेन्ड रनर अप बनेका छन् ।

अंग्रेजी शब्दको स्पेलिङ उच्चारणसम्बन्धी यो कार्यक्रम माध्यमिक तहका विद्यार्थीको शब्दभण्डार बढाउन गरिएको थियो ।

विजेताले ३ लाख रुपैयाँ, फस्ट रनर अपले २ लाख रुपैयाँ तथा सेकेण्ड रनर अपले १ लाख रुपैयाँ र स्नातकसम्म स्कलरसिपमा उनीहरुले रोजेको विषय पढ्न पाउने छन् ।

कार्यक्रम हरेक बुधवार बेलुका ९ बजेदेखि १० बजेसम्म कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने गरेको थियो ।

कार्यक्रमका माध्यमिक तहका विद्यार्थीहरू सहभागी भएका थिए ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई नेपालभरका विभिन्न ३५ सहरबाट अडिसनमार्फत छनौट गरिएको हो ।

आयोजक महेश पोखरेलका अनुसार सरकारी र निजी विद्यालय दुवैबाट विद्यार्थीहरू सहभागी भएका थिए । कार्यक्रमको मुख्य प्रायोजक कोलगेट नेपाल रहेको र अडिसनकै क्रममा ८० हजार भन्दा बढिलाई डेन्टल चेकअप गराएको आयोजकले बताएको छ ।

नेपाल स्पेल बि राष्ट्रिय स्तरमा सञ्चालन भएको पहिलो स्पेलिङ प्रतियोगिता हो । कार्यक्रम पत्रकार भूषण दाहालले चलाउँदै आएका छन् ।

अबको पुस्तालाई अंग्रेजी भाषा अत्यावश्यक भइसकेकाले यस कार्यक्रमले अंग्रेजी शब्द, वाक्य र भाषामा निखारता ल्याउने र शब्द भण्डार बढाउने लक्ष्य कार्यक्रमको रहेको निर्माण पक्षले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *