काभा भलिबल : नेपालको यात्रा सेमिफाइनलमै रोकियो

काठमाडौं । काभा यू-२० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको छ । माल्दिभ्सको मालेमा गए राति सम्पन्न खेलमा कीर्गिस्तानसँग नेपाल ३-० को सोझो सेटमा पराजित भएको हो । नेपालले पहिलो सेट १४-२५, दोस्रो सेट २२-२५ र तेस्रो सेट १३-२५ ले गुमायो ।

लिग चरणबाट कीर्गिस्तान दोस्रो र नेपाल तेस्रो स्थानमा रहेर सेमिफाइनल पुगेका थिए । लिग चरणमा पनि नेपाल कीर्गिस्तानसँग ३-० कै सोझो सेटमा पराजित भएको थियो ।

अब नेपालले तेस्रो स्थानका लागि माल्दिभ्सको सामना गर्नेछ । फाइनलमा भने कीर्गिस्तान र श्रीलङ्का भिड्नेछन् । पहिलो सेमिफाइनल खेलमा श्रीलङ्काले माल्दिभ्सविरुद्ध ३-० को सोझो सेटमा जित निकाल्दै फाइनल प्रवेश गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *